Logo

समाजवादी प्रेस संगठनको अध्यक्षमा सुवेदी निर्वाचित


Nagarik Abaj २८ जेष्ठ २०८०, आईतवार ११:४९ मा प्रकाशित

काठमाडौं। नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरुको संस्था समाजवादी प्रेस संगठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित हुनुभएको छ ।

जेठ २६ र २७ गते काठमाडौंमा भएको संगठनको प्रथम महाधिवेशनमा सुवेदीले प्रतिस्पर्धी भूपराज खड्काले २८ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । संगठनमा यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएको सुवेदीले १ सय ४७ प्राप्त गर्नुभएको छ । यसअघि संगठनको महासचिव रहनुभएका खड्काले १ सय १९ मत पाउनुभएको छ । जनआस्था साप्तिहक तथा अनलाइनको कार्यकारी सम्पादक भूमिकामा रहनुभएका सुवेदी तीन दशकदेखि पत्रकारितामा क्रियाशील हुँदै आउनुभएको छ । शुरुमा रंग पत्रकारिताबाट संचार क्षेत्रमा प्रवेश गर्नुभएका सुवेदीले पछिल्लो समय सुरक्षा र राजनीतिक विषयमा पनि कलम चलाउँदै आउनुभएको छ ।
संगठनको महासचिवमा रामकुमार एलन निर्वाचित हुनुभएको छ । संगठनमा यसअघि उपमहासचिव रहनुभएका एलन १ सय ३९ मत ल्याएर महासचिव बन्नुभएको हो । पत्रकारितामा साढे दुई दशकदेखि क्रियाशील हुँदै आउनु भएका एलन पछिल्लो समय जनता प्रसारण तथा प्रकाशन लिमिटेडमा आवद्ध हुनुहुन्छ । उहाँको प्रतिस्पर्धी हदय भुसालले १ सय ३० मत पाउनुभएको छ ।

खुल्ला उपाध्यक्षमा १ सय ५० मतसहित नवराज छत्कुल्ली, महिला उपाध्यक्षमा १ सय ७१ मतसहित अस्मिता गिरी सुदुरपश्चिम उपाध्यक्षमा १ सय ७४ मतसहित नरेन्द्र भट्ट निर्वाचित हुनुभएको छ ।

उपमहासचिवमा १ सय ६४ मतसहित प्रेम गौतम, १ सय ३९ मतसहित लेखनाथ सिकारु र १ सय २२ मतसहित प्रतिज्ञा बुढामगर विजयी हुनुभएको छ । कोषाध्यक्षमा १ सय ३९ मतसहित कृपा भण्डारी निर्वाचित हुनुभएको छ । भण्डारी पूर्व जनतासहकर्मी हुनुहुन्छ ।

सचिवमा १ सय ३६ मतसहित अनिल शाही र १ सय १७ मतसहित शिवप्रसाद ढुंगाना निर्वाचित हुनुभएको छ । सचिवमा महिलातर्फ १ सय २८ मतसहित क्रान्ति न्यौपाने विजयी हुनभएको छ । न्यौपाने पूर्व जनताकर्मी हुनुहुन्छ । सचिवमा दलिततर्फ १ सय ५१ मतसहित प्रदिप नेपाली निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा सुवास साह यसअघि केही पद यसअघि नै निर्विरोध भइसकेको छ ।


ताजा समाचार