
विराटनगर । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ग्रेटर नेपाल’ को नक्शा निकाल्नुपर्ने बताउनुभएको छ । भारतले नेपाली भूमिसहितको ‘अखण्ड भारत’ को नक्शा निकालेर विरोध भइरहेको बेला कांग्रेस महामन्त्री थापाले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
कांग्रेस महान्त्री थापाले बिहीबार विराटनगर विमानस्थलमा पत्रकारसँगको छोटो कुराकानी गर्दै नेपालले ग्रेटर नेपाल’ नक्शा बनाउँदा भारतले त्यसलाई सहजतापूर्वक स्वीकारर्नुपर्ने उल्लेख गर्नुभयो ।
‘यदि कुनै अर्को देशले सांस्कृतिक नक्सा बनाएर अघि बढाउँदा, नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउने, यसबारे चिन्तन गर्ने, सोच राख्ने हक राख्छ’ उहाँले भन्नुभयो । –नेपालले हक र परिकल्पना प्रयोग गर्दै गर्दा भारतले चिन्ता गर्नु हुँदैन । भारतले सहजतापूर्वक ग्रहण गर्नुपर्छ ।’
कांग्रेस महामन्त्री थापाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकै भूमि भएको बताउनुभयो । ‘नेपालको हक अधिकार कसैले खोसेर लैजान सक्दैन, लान दिइँदैन’ उहाँले भन्नुभयो ।