Logo

आगामी आर्थिक वर्षको बजेटबारे सरकारसँग जवाफ माग्ने तयारीमा अध्यक्ष नेपाल


Nagarik Abaj २४ जेष्ठ २०८०, बुधबार २२:२६ मा प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा तथा सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी आर्थिक वर्षको बजेटबारे सरकारसँग जवाफ माग्नु हुने भएको छ । 

एकीकृत समाजवादीका अध्यक्ष नेपालले बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित गरेको भन्दै सरकारसँग जवाफ माग्न लाग्नुभएको हो ।  

पूर्वप्रधानमन्त्री नेपालले बुधवार अस्ट्रेलियाबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बजेट विनियोजनमा एकरुपता नभएको बताउनुभएको हो । ‘बजेट डडेलधुरा, गोरखा र नुवाकोटमा बढी केन्द्रित भएको देखिन्छ’ उहाँले भन्नुभयो– बजेट यी तीन जिल्लामा मात्रै केन्द्रित गर्न मिल्दैन । त्यसको आधार के हो ? यसबारे सरकारसँग जवाफ माग्छु ।’  

अध्यक्ष नेपालले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया पाएको बताउनुभएको छ । सबै प्रक्रियालाई विचार गरेर भ्रमण भएको हो वा होइन भन्नेबारेमा पार्टीका नेता र सत्तारुढ दलका नेताहरुसँग बुझ्ने उहाँको भनाई छ । 

अध्यक्ष नेपालले विदेशमा रहेका नेपालीहरुले नेपालमा लगानी गरिरहेको कुरा सुन्दा आफूलाई खुशी लागेको बताउनुभएको छ । अस्ट्रेलियामा पनि आफूले विभिन्न शहरमा पुगेर प्रवासी नेपालीहरुसँग भेट गरेको उहाँले उल्लेख गर्नुभयो । 


ताजा समाचार