Logo

सामुदायिक वनको भ्रष्टाचार मुद्दाका १ सय ९६ आरोपीले पाए सफाइ


Nagarik Abaj २३ जेष्ठ २०८०, मंगलवार ०८:२३ मा प्रकाशित

काठमाडौं । डडेल्धुरा सामुदायिक वनको भ्रष्टाचार मुद्दाका १ सय ९६ आरोपीले सफाइ पाएका छन् । रौलेश्वरसहित १ सय ८ वटा सामुदायिक फडानी प्रकरणमा एक दशकलेखि भ्रष्टाचार मुद्दा खेपिरहेका आरोपितहरुलाई  सर्वोच्च अदातलतले सफाइ दिएको हो ।

सामुदायिक वन फडानी गरेर उजाड पारिएपछि त्यहाँका पदाधिकारी र वन कार्यालयका कर्मचारीलाई सम्बन्धित प्रमुखहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६९ भदौ  ३१ गते ४३ करोड १० लाख १४ हजार रुपैयाँ बिगो माग दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । डडेल्धुराका सामुदायिक वनमा क्षेत्रीय वन निर्देशक, जिल्ला वन अधिकृत लगायत वन कर्मचारीहरू र सामुदायिक वनका पदाधिकारीहरू समेतको मिलेमतोमा हरिया साल, सल्ला र खयरका रूख काटेर वन उजाड पारिएको उजुरी परेपछि अख्तियारले त्यसमा छानविन गरी मुद्दा दायर गरेको हो । 

साढे ७ लाख क्यूविक फिट काठ काटिएको दाबीसहित अख्तियारले मुद्दा चलाएको  वन कार्यालयका ११ कर्मचारी र सामुदायिक वनका १ सय ८५ जना पदाधिकारीलाई सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासले सफाइ दिएको हो । 


ताजा समाचार