Logo

संसद अवरुद्ध हुने कुरा संसदीय अभ्यासकै पाटो हो: रमेश लेखक


Nagarik Abaj २२ जेष्ठ २०८०, सोमबार २१:०९ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद अवरुद्ध हुने कुरा संसदीय अभ्यासकै पाटो भएको बताउनु भएको छ ।

सोमबार संसद बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रमुख सचेतक लेखकले संसद राजनीतिक थलो भएको र संसदमा विभिन्न विचारधाराका पार्टी र नेताहरु एक ठाउँमा छलफल गर्ने थलो भएको बताउनुभयो । उहाँले संसद अवरुद्ध हुने विषय अनौठो र हुँदै नहुने विषय नभएको बताउनुभयो । उहाँले संसद अवरोधलाई भने कम गर्दै लैजानुपर्ने बताउनुभयो ।


ताजा समाचार