Logo

एमालेको जनवर्गीय संगठनले गर्यो सरकारविरुद्ध प्रदर्शन


Nagarik Abaj २२ जेष्ठ २०८०, सोमबार २०:५९ मा प्रकाशित

काठमाडौं। सरकारविरुद्ध प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको जनवर्गीय संगठनले प्रदर्शन गरेको छ ।

एमालेको जनवर्गीय संगठनले ‘भारतले बंगलादेशको बाटो दिए, नेपालले कालापानी छोड्न सक्ने’ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति, नागरिकता विधेयक प्रमाणीकरण र रेशम चौधरी आममाफी र सांसद विकास कोष ब्यूँताउने निर्णयविरुद्ध सोमबार काठमाडौंको माइतीघरमा बृहत् प्रदर्शन गरेको हो ।

एमालेनिकट युवा, विद्यार्थी र महिला संगठनले सरकारविरुद्ध कडा नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।


ताजा समाचार