Logo

माग पूरा नभए संसद चल्दैन: ओली


Nagarik Abaj २१ जेष्ठ २०८०, आईतवार २२:३३ मा प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नेपालको समग्रहितको रक्षापछि मात्रै संसद अवरोध हट्ने बताउनुभएको छ । 

नेकपा एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभा बैठक अवरोधपछि संसद भवनबाहिर सञ्चारकर्मीहरुलाई राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसद चल्ने प्रतिक्रिया दिनुभएको हो ।  

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा बंगलादेशको फूलबारी बन्दरगाहसम्म पुग्ने बाटोसँग लिम्पियाधुरा–लिपुलेकसहितको नेपाली भू–भाग साटफेर गर्न सकिने भन्ने अभिव्यक्ति दिएको थियो । एमाले अध्यक्ष ओलीले त्यो अभिव्यक्तिप्रति प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्ने बताउनुभएको छ । 

प्रतिपक्ष दलले प्रधानमन्त्रीले अभिव्यक्तिबारे संसदमै जवाफ दिनुपर्ने र राष्ट्रपतिले ‘असंवैधानिक ढंगले प्रमाणीकरण गरेको नागरिकता विधेयक निस्क्रिय हुनुपर्ने भन्दै अवरोध गरेपछि संसद लागि स्थगित भएको छ ।  


ताजा समाचार