Logo

 पूँजीगत लाभकरका बिषयमा सरकार पछि हट्यो


Nagarik Abaj २१ जेष्ठ २०८०, आईतवार १२:२२ मा प्रकाशित

काठमाडौं । पूँजीगत लाभकरका बिषयमा सरकार अन्तत ब्याक भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महत र लगानीकर्ताबीच आइतबार भएको छलफलमा सहमति भएको हो ।

सरकार र लगानीकर्ताबीच पूँजीगत लाभकरका बिषयमा सहमति भएको छलफलमा सहभागी नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले जानकारी दिनुभयो ।

सहमतिको मस्यौदामा दुबै पक्षले हस्ताक्षर गरेका छन् । सहमतिसँगै लगानीकर्ताले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । आन्दोलनकारीको माग अनुसार अब ५ र ७.५ प्रतिशत पूँजीगत कर नै अन्तिम हुनेछ ।


ताजा समाचार