Logo

तराईमा लू को खतरा बढ्यो


Nagarik Abaj २० जेष्ठ २०८०, शनिबार १०:२७ मा प्रकाशित

काठमाडौं । गर्मी ह्वात्तै बढेपछि जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तराईमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले तराईमा  लू को खतरा बढेको भन्दै सचेत गराएको हो ।  महाशाखाले गर्मी बढी हुँदा तातो हावा चल्ने र लू लाग्ने सम्भावना हुने भन्दै घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । यस्तोमा वृद्धवृद्धा, बालबालिका, गर्भवती तथा दीर्घ रोगीहरुलाई विशेष ख्याल गर्नुपर्ने महाशाखाको सुझाव छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई र आसपास जिल्लामा केही दिनयता  अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । मौसम पूर्वानुमान महाशाखाले  तराईमा ५ दिनसम्म तातो हावा अर्थात लू चल्ने खतरा देखिएको जनाएको छ । 

तराईमा ४० डिग्री नाघ्दा  काठमाडौं उपत्यकामामा समेत गर्मी बढेको छ । शुक्रबार काठमाडौंको तापक्रम अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुगेको  छ।  काठमाडौँमा बिहानैदेखि चर्को घाम लागेकाले अत्यधिक गर्मी महशुस गरिएको छ ।

गर्मी ह्वात्तै बढेपछि तराईमा विद्यालय समेत बन्द हुन थालेका छन् । चितवनको विद्यालय एक साताको लागि बन्द गरिएको छ । मधेश प्रदेशका केही विद्यालय यसअघि नै बन्द गरिएको छ । 


ताजा समाचार