Logo

नेपालमा मातृभाषाको संख्या १२४ पुग्यो


Nagarik Abaj २० जेष्ठ २०८०, शनिबार १०:२५ मा प्रकाशित

काठमाडाैं । नेपालमा विभिन्न जातजातिको मातृभाषा १ सय २४ पुगेको छ । मातृभाषा १ सय ४२ र धर्म वर्गीकरण  १० पुगेको हालै सार्वजनिक तथ्यांकमा उल्लेख छ । 

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार राष्ट्रिय जनगणना, २०७८ मा जातजाति, भाषा र धर्मसँग सम्बन्धित उत्तरदाताका जवाफका आधारमा विज्ञसमूहको सिफारिसका आधारमा उक्त विवरण सार्वजनिक गरिएको हो ।

विसं २०६८ को जनगणनामा जातजाति १२५ रहेकामा हाल १७ थप भएको हो । कार्यालयका अनुसार विसं २०६८ को जनगणना अनुसार १२३ वटा मातृभाषामध्ये १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिहरुको सङ्ख्या न्यून भएइकाले ‘अन्य भाषा’ अन्तर्गत समावेश गरी हाल नयाँ थप भएका १३ वटा समेत गर्दा जम्मा १२४ वटा मातृभाषा कायम भएको छ ।


ताजा समाचार
<