Logo

नेपाल र भारतबीच ७ बुँदे सम्झौतामा हस्ताक्षर


Nagarik Abaj १८ जेष्ठ २०८०, बिहीबार २०:५१ मा प्रकाशित

काठमाडौं । नेपाल र भारतबीच सात वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको दोस्रो दिन विहीबार विभिन्न आर्थिक सहयोगका क्षेत्रमा द्वीपक्षीय समझदारी भएको हो । 

नयाँदिल्लीस्थित हैदरावाद हाउसमा विहीबार  प्रधानमन्त्री दाहाल र मोदीको उपस्थितिमा प्रतिनिधिमण्डल स्तरीय वार्तापछि संयुक्त पत्रकार सम्मेलन मार्फत् सहमति सार्वजनिक गरिएको हो । प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पत्रकार सम्मेलन गर्दै सहमतिबारे जानकारी दिनुभएको छ । सीमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म अर्को पाइपलाइन बिच्छ्याइने सहमति भएको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्य गर्ने समझदारी भएको छ । चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाइने भएको छ । तल्लो अरुणको पीडिए गर्ने र फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति भएको छ ।  ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुणबाट नेपालले १४० दशमलव ४९ मेगावाट बिजुली पाउने गरी भारतीय कम्पनीसँग परियोजना विकास सम्झौता (पीडीए) भएको हो । 

भारतीय कम्पनी सतलज जलविद्युत् निगम(एसजेभीएन) ले २१ प्रतिशत बिजुली पाउने गरी सम्झौता भएको हो । त्यस्तै नेपाल र भारतवीच डिजिटल पेमेन्ट सम्झौता पनि भएको छ । नेपालको हितमा उठाउने भनिएका कालापानीको सीमा विवाद, हवाइ रुट र २५ वर्षका लागि विद्युत व्यापार सम्झौता गरिने भनिए पनि हुन सकेन । भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली खरीदमा भने सहमति जनाएको छ । नेपालमा रासायनिक मल कारखानाकाे विषय उठे पनि सहमति जुटेन । तर, भारतले चाहेको अरुण र कर्णाली परियोजना दिन नेपाल तयार भएको छ ।


ताजा समाचार