Logo

सांसद विकास कोष खारेजीको माग गर्दै संकल्प प्रस्ताव दर्ता


Nagarik Abaj १८ जेष्ठ २०८०, बिहीबार २०:२४ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गर्न माग गर्दै संघीय संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेका छन् ।

बिहीबार संघीय संसद सचिवालयमा पुगेर सांसदहरु डोलप्रसाद अर्याल, विराजभक्त श्रेष्ठ,सुमना श्रेष्ठ, सन्तोष परियार, मनिष झा, असिम साह, गणेश पराजुली, डा.तोसिमा कार्की लगायतले संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा निर्वाचन क्षेत्रमा सांसदको योजनामा बजेट दिने गरी प्रति निर्वाचन क्षेत्र ५ करोड छुट्याइएको छ । असहज आर्थिक परिस्थितिमा यस्तो विवादित कार्यक्रम ब्यूँताएर नेपाली जनतामा आर्थिक भार थप्ने काम गरेको भन्दै रास्वपा सांसहरुले यो कार्यक्रममाथि संसदमा छलफल गराउन खोजेको बताएका छन् ।

उनीहरुले संसद विकास कोष विगतदेखि नै विवादित कार्यक्रम रहेको भन्दै यसमा राखिएको बजेटको विश्वसनीयतामाथि प्रश्न चिह्न उठाएका छन् ।


ताजा समाचार