
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई अभद्र व्यवहार गर्नेहरु पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्री खनाललाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले सन्तोष राजावादीसहित ९ जनालाई पक्राउ गरेको हो ।
सन्तोष राजावादीसहित ९ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिनुभएको छ । प्रहरी प्रवक्ता रिजालले पक्राउ गरे पनि उनीहरुलाई मुद्दा चलाउने वा नचलाउने निर्णय भने भइनसकेको बताउनुभयो । अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिएर राखेका छौं’ उहाँले भन्नुभयो – मुद्दा चलाउने वा नचलाउने विषयमा निर्णय भइसकेका छैन ।
पूर्व प्रधानमन्त्री खनालमाथि बुधबार अनामनगरमा आयोजित कार्यक्रममा अभद्र व्यवहार भएको हो । भारतको नयाँ संसद् भवनमा नेपालको भूमि समेत समेटेर नक्शा राखिएको प्रसङग बाहिरिएपछि एकीकृत समाजवादीका नेता साध्यबहादुर भण्डारीले अनामनगरमा त्यसबारे अन्तरक्रिया कार्यक्रम आयोजना गर्नुभएको थियो । कार्यक्रममा पूर्व प्रधानमन्त्री खनालसहित पूर्व उपप्रधानमन्त्रीद्य वामदेव गौतम तथा सीपी मैनाली र माओवादी नेता सीपी गजुरेल लगायत सहभागी हुनुभएको थियो ।
कार्यक्रम चलिरहेका बेला सन्तोषसहितका युवाहरु ‘हामीले पनि बोल्न पाउनुपर्छ भन्दै हुलहुलहुज्जत गर्दै स्टेजतर्फ गए। त्यसक्रममा उद्घोषसँग बाइक लिएर सन्तोषले राजतन्त्रको पक्षमा भाषण गरे । त्यहीबेला उनका समर्थकहरुले तोडफोड र नेता खनालविरुद्ध नाराबीजी गर्दै अभद्र व्यवहार गरेका हुन् ।