Logo

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा खड्कालाई


Nagarik Abaj १७ जेष्ठ २०८०, बुधबार २१:५० मा प्रकाशित

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का कार्यवाहक प्रधानमन्त्री हुनुभएको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल आफू भारत भ्रमणमा रहँदा ४ दिनको लागि खड्कालाई कार्यवाहक दनुभएको हो । 

प्रधानमन्त्री दाहाल बुधबारदेखि भारत भ्रमणमा जानुभएको छ । दाहाल जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले आफू विदेशमा रहुन्जेलका लागि कार्यवाहक  खड्कालाई दिनुभएको हो । 

प्रधानमन्त्री स्वदेश नआउँदासम्म खड्काले कार्यवाहकको रुपमा दैनिक प्रशासनिक काम गर्नुहुनेछ । नेपाली कांग्रेसका उपसभापति समेत रहनुभएका खड्का दाहाल नेतृत्वको सरकारमा दोस्रो वरीयतामा हुनुहुन्छ । 


ताजा समाचार