Logo

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरूद्व उजुरी आह्वान 


Nagarik Abaj १६ जेष्ठ २०८०, मंगलवार १३:११ मा प्रकाशित

काठमाडाैं । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठकले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध उजुरीको आह्वान गरेको छ । आव (मंगलबार) बिहान बसेको समितिको  बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा सिफारिस कार्कीविरूद्व उजुरी वा सूचना दिन आह्वान गरेको हो ।

समितिका सभापति ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उजुरी आह्वानको सूचना प्रकाशित गर्न संसद् सचिवालयलाई निर्देशन दिनुभएकाे छ । राणाले उजुरीका लागि १० दिनको समय दिनुभएकाे छ ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले उजुरी आह्वानको सूचना सरकारी सञ्चारमाध्यमार्फत प्रकाशित गरिने जानकारी दिनुभएकाे छ।

१० दिनको समय दिएर उजुरी आह्वान भएसँगै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको छ । कार्कीविरूद्व लिखित वा इमेलमार्फत उजुरी दिन सकिनेछ । समितिले उजुरीकर्तासँग पनि छलफल गरेर सनुवाइ प्रक्रिया अगाडि बढाउनेछ । 


ताजा समाचार