Logo

टीकापुर हिंसात्मक घटनाका दोषी रेशम चौधरीसहित १९ कैदीलाई


Nagarik Abaj १४ जेष्ठ २०८०, आईतवार २१:५४ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर हिंसात्मक घटनाका दोषी रेशम चौधरीसहित १९ कैदीलाई आममाफी दिनुभएको छ ।

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा थारुहट आन्दोलनकारीको आक्रमणमा एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र नाबालकको हत्यामा दोषी ठहर्याइएका रेशमसहित १९ कैदीलाई राष्ट्रपतिले गणतन्त्र दिवसको अवसरमा आममाफी दिनुभएको हो ।

उनीहरुलाई सरकारको सिफारिसमा गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफी तथा मिनाह गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। मन्त्रिपरिषद्को जेठ १२ र १४ गतेको बैठकको सिफारिस अनुसार उनीहरुको कैद मिनाह गरिएको हो। उनीहरुलाई जेठ १५ गतेदेखि लागू हुने गरी कैद माफी तथा मिनाह गरिएको हो।


ताजा समाचार