Logo

प्रधानमन्त्रीको औपचारिक भारत भ्रमणको तालिका सार्वजनिक


Nagarik Abaj १३ जेष्ठ २०८०, शनिबार १४:५१ मा प्रकाशित

काठमाडौं । नेपाल र भारत दुवैले नेपालका प्रधानमन्त्रीको चारदिने औपचारिक भारत भ्रमणको तालिका सार्वजनिक गरेका छन् । 

नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल  दाहालले जेठ १७ गतेदेखि २० सम्म भारतको भ्रमण गर्ने जानकारी दिएका हुन् । 

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निम्तोमा प्रधानमन्त्री दाहालले भारत भ्रमण गर्न लागेको जनाएको छ । यस भ्रमणले भारतको ‘छिमेकी पहिलो’ नीतिलाई अझ सुदृढ गर्दै नेपाल र भारतबीच सम्बन्ध अझ मजबुत बनाउने भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री दाहालको भ्रमण टोलीमा स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाल, मन्त्रीहरू, सचिवहरू र नेपाल सरकारका उच्च अधिकारीहरू सम्मिलित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 


ताजा समाचार