Logo

चार दिनको भारत भ्रमणमा जाँदै प्रधानमन्त्री प्रचण्ड


Nagarik Abaj ११ जेष्ठ २०८०, बिहीबार १७:०५ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल छिमेकी मुलुक भारत भ्रमण जानु हुने भएको छ । प्रधानमन्त्री आउँदो जेठ १७ गते चार दिनको लागि भारत जान लाग्नुभएको हो । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका दाहाल प्रधानमन्त्री बनेको ५ महिनापछि भारत जान लाग्नु भएको हो । प्रधानमन्त्री दाहाल संघीय संसद बजेट वक्तव्य पेश गरे लगत्तै भारत जाने तयारीमा जुट्न भएको हो । दुबै देशको पदाधिकारीहरुसँगको छलफल र परामर्शपछि दाहालको भारत भ्रमणको तयारी शुरु भएको छ । दाहालको भारत भ्रमणको गृहकार्य शुरु भइसकेको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ । 

प्रधानमन्त्री दाहाल जेठ १७ गते नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्रका अधिकारीहरुले जानकारी दिएका छन् । त्यही दिन दाहाललाई भारतका विदेशमन्त्री एस. जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोबलले स्वागत गर्ने कार्यक्रम छ । जेठ १८ गते मोदी र दाहालबीच हैदराबाद हाउसमा भेटवार्ता हुनेछ । 

द्विपक्षीय भेटवार्तापछि दुई मुलुकबीच सहकार्य, सहमति र सम्झौता हुने जानकारी दिइएको छ । गत वैशाखमै भारत भ्रमणको तयारी गरिए पनि अन्तिम समयमा प्रधानमन्त्री दाहालको भ्रमण रोकिएको थियो । प्रधानमन्त्रीका रुपमा दाहालको यो तेस्रो भारत भ्रमण हुनेछ । 


ताजा समाचार