Logo

आजैदेखि लागू  हुने गरि घट्यो बसभाडा


Nagarik Abaj ११ जेष्ठ २०८०, बिहीबार १७:०१ मा प्रकाशित

काठमाडौं । बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा घटेकाे छ। डिजेलको मूल्य घटेपछि बागमती सरकारले त्यही अनुसार उपत्यकासहित अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीकाे भाडा दर समायोजन गरेको हो ।

सवारीमा लाग्ने भाडाको ५ प्रतिशत भाडा घटाइएको बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले जनता टेलिभिजनलाई जानकारी दिनुभयो। पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन नगरेको भन्दै आलोचना भएपछि भाडा घटाउने निर्णय गरेको हो ।

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले करिब पाँच प्रतिशतका दरले प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारीको साधनको भाडा दर घटाएको छ। उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा बिहीबारबाट लागू हुने गरी ५.९० प्रतिशतले घट्ने छ ।

बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारीका साधनमा ५.६९ र यात्रुवाहक बसमा ४.१८ प्रतिशतले भाडा दर घटाउने निर्णय मन्त्रालयले गरेको छ । घटेको भाडा आजैदेखि लागू हुने मन्त्रालयले जनाएको छ ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
sharethis sharing button


ताजा समाचार