Logo

भूटानी शरणार्थी प्रकरणमा ३० जना प्रतिवादी बिरुद्ध अभियोग पत्र दर्ता


Nagarik Abaj १० जेष्ठ २०८०, बुधबार २०:५७ मा प्रकाशित

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । 

बुधबार सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाइ अमेरिका लैजाने ठगी प्रकरणमा ३० जना प्रतिवादी बिरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दर्ता गराएको हो । प्रहरीले दुई दिनअघि पठाएको प्रतिवेदनका आधारमा सरकारी वकिलले उनीहरूविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गरेको हो ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा एमाले नेता तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी, काँग्रेस नेता बालकृष्ण खाँण, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जनाबिरुद्ध मुद्दा दर्ता गरिएको हो । मुद्दा दर्ता गरिएकामध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् । 


ताजा समाचार