Logo

नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्छ: सांसद लिङ्देन


Nagarik Abaj ८ जेष्ठ २०८०, सोमबार १७:४८ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा पेस भएको नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बताएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले प्रस्तुत नीति तथा कार्यक्रमले अहिलेको आर्थिक समस्या समाधान गर्न नसक्ने भन्दै पुनर्लेखन गर्न हिच्किचाउन नहुने बताए । 

सरकारलाई नीति तथा कार्यक्रम पुनर्लेखन गरेर ल्याउन सुझाव दिँदै उनले बिनाअध्ययन कार्यक्रम समावेश गरिएको बताए । विद्युत् प्राधिकरणको सेयर निष्कासन गर्न सुझाव दिँदै उनले बुढीगण्डकी, दूधकोशी र तमोरजस्ता आयोजनामा नेपालकै पैसा लगानी गर्नुपर्ने बताए । 


ताजा समाचार