
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै ओलीले भने, ‘यो नीति तथा कार्यक्रम पारितका लागि पुर्नलेखनको लागि सरकारलाई समय दिन्छु । प्रतिपक्ष तथा सरकारमा रहेकाले अप्ठ्यारो पार्छ भन्ने लाग्छ भने पुनर्लेखन गर्नुपर्छ ।’
गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेले सरकारको नीति तथा प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रममाथि आज छलफल सुरु भएको हो ।