Logo

नीति तथा कार्यक्रम नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो: केपी ओली


Nagarik Abaj ६ जेष्ठ २०८०, शनिबार १९:२२ मा प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रमले अर्थतन्त्रमा उत्पन्न समस्या सम्बोधन नगरेको बताउनुभएको छ । 

सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०,०८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा एमाले अध्यक्ष ओलीले यस्तो टिप्पणी गर्नुभएको हो । नीति तथा कार्यक्रमबारे छलफल गर्न एमालेले शनिबार संसदीय दलको बैठक बोलाएको थियो । छलफलमा एमाले अध्यक्ष ओलीले अर्थतन्त्र संकटमा गइरहेको बेलामा सरकारले सुधारको कुनै कार्यक्रम नल्याएको बताउनुभयो । ‘नीति तथा कार्यक्रम समाजप्रति गम्भीर छैन’ उहाँले भन्नुभयो – सबैभन्दा महँगो त जनतालाई सरकार बनेको छ। देशलाई नै टाट पल्टाइसक्यो।’

एमाले अध्यक्ष ओलीले सरकारले पञ्चवर्षीय योजनाको अर्थ समेत नबुझेको तर्क गर्नुभयो । ‘पञ्चवर्षीय योजना भनेको पाँचवटा नीति तथा कार्यक्रम पाँच वटा बजेट हो। तर, त्यसतिर छुवाएकै छैन।


ताजा समाचार