Logo

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु


Nagarik Abaj ६ जेष्ठ २०८०, शनिबार १९:१७ मा प्रकाशित

चितवन । महानगरपालिकामा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–१७ नारायणचोकका ६० वर्षीय झलकराज पौडेलको मृत्यु भएको हो । 

गैँडाको आक्रमणबाट गम्भीर घाइते पौडेलको भरतपुर अस्पतालमा  उपचारका क्रममा मृत्युभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्थामा शनिबार बिहान ११ बजे गैँडाले आक्रमण गरेको हो । 

गैँडाको आक्रमणबाट अर्का एक जना पनि घाइते भएका छन् । आक्रमणबाट स्थानीय ५७ वर्षीय टङ्कनाथ रेग्मी घाइते भएका हुन् । सामान्य घाइते रहेका रेग्मी उपचारपश्चात् घर फर्किसकेको प्रहरीले जनाएको छ ।


ताजा समाचार