Logo

अनशन तोडेपछि प्रतिनिधिसभा सदस्य गौतम अस्पताल भर्ना


Nagarik Abaj ६ जेष्ठ २०८०, शनिबार १९:१६ मा प्रकाशित

बर्दिया । भत्किएको पुल बनाउन माग गर्दै पाल टाँगेर बस्नुभएका पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य सञ्जय गौतमले एक  सातामा अनशन तोड्नुभएको छ ।

बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि आमरण अनशन बस्नुभएका गौतमले भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँगको सहमतिपछि  अनशन तोड्नुभएको हो । 

पूर्वाधारमन्त्री ज्ष्वाला र बर्दिया १ का प्रतिनिधिसभा सदस्य गौतमबीच ११ बुँदे सहमति भएको छ ।  सहमतिमा आफ्ना माग सम्बोधन भएपछि गौतमले अनशनको लागि पुलमुनि राखिएका झिटीगुण्टा शनिबार निवास फर्काउनुभएको छ । 

सांसद गौतम भने एक  साता अनशन बस्दा स्वास्थ्य अवस्था कमजोर भएपछि जिल्ला अस्पताल हुनुभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हिक्मतबहादुर बोहराले जानकारी दिनुभएको छ । 


ताजा समाचार