Logo

वहालवाला प्रमुख आयुक्तमाथि  नै शंका 


Nagarik Abaj ४ जेष्ठ २०८०, बिहीबार ०९:१३ मा प्रकाशित

काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, संगठित अपराध तथा मानव बेचबिखनको अपराधमा प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ । प्रहरीले पूर्वकर्मचारीदेखि पूर्वउपप्रधानमन्त्रीसम्मलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ तर भ्रष्टाचारबारे अनुसन्धान गर्ने आधिकारिक संस्था अख्तियार दूरुपयोग अनुसन्धान आयोग भने अझै यस विषयमा बेखबर जस्तै देखिएको छ ।

यसप्रकरणमा भ्रस्टाचार भएको अभियोग दर्ता गर्ने संस्था  अख्तियार बेखबर बन्नु र प्रहरीले धमाधम फाइल खोलेर अनुसन्धान गर्नुले पनि आयोग र आयोगका प्रमुख आयुक्त शंकाको घेरामा परेको प्रस्ट देखिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०७८ साल मंसिर ३ गते नै दर्ता भएको थियो । ठगीको मुद्दा हेर्न नमिल्ने भन्दै पन्छिन खोजेको अख्तियारले दोस्रो पटकको उजुरी छानविनको क्रममा तामेलीमा राखेको थियो । तर प्रहरीको अनुसन्धानले यो मुद्दा ठगी मात्र नभइ भ्रष्टाचार पनि भएको ठहर गरेको छ  ।

यो मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको भएपनि ठगी, संगठित अपराध, मानव बेचबिखन लगायतका अपराधमा मात्र छानबिन गरिरहेको छ । भ्रष्टाचारबारे अनुसन्धान गर्ने प्रहरीको  क्षेत्राधिकारभन्दा बाहिरको विषय हो ।  तर भ्रष्टाचार भए नभएको विषयमा अनुसन्धान गर्न अधिकार पाएको अख्तियारले भने छानबिनको काम शुरु नै गरेको छैन । प्रहरी, नागरिक समाज र केही राजनीतिक दलसमेत नक्कली शरणार्थी प्रकरणमा तातिएको बेलामा अख्तियार दुरुपयोग अनुसन्धानको मौनताप्रति पूर्व प्रमुख आयुक्त आश्चार्यचकित बनेकाे बताउँछन् ।


ताजा समाचार