Logo

आज ३० औँ मदनआश्रित स्मृति दिवस


Nagarik Abaj ३ जेष्ठ २०८०, बुधबार ०८:४८ मा प्रकाशित

काठमाडौं । आज ३० औँ मदनआश्रित स्मृति दिवस । जननेता मदन भण्डारी र नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झना गरिँदैछ । 

कम्युनिष्ट आन्दोलनमा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको अमिटछाप छ । कम्युनिष्ट नेता कार्यकर्तामा गहिरो माया । विभिन्न समूहमा छारिएका र कतिपय विध्वंसात्मक गतिविधिमा समेत लागेका कम्युनिष्टहरुलाई शान्तिपूर्ण मार्गबाट सत्तासम्म पुर्याउने उदेश्यले जननेता भण्डारीले ‘जनताको बहुदलीय जनवाद (जबज)’ प्रतिवादन गरी संसदीय व्यवस्थामा अवतरण गराउनुभएको हो । जननेता भण्डारीको फरक अभ्यासले विश्वभरमा कम्युनिष्टहरुमा उत्साह प्रवाह गर्यो । जबजले ‘कम्युनिष्टहरु आन्दोलनका अस्त्र मात्रै होइनन्, विकास र समृद्धि संवाहक पनि हुन’ भन्ने सन्देश दिएको छ ।
 
राष्ट्र, राष्ट्रियता र संगठन बिस्तारमा सक्रिय भइरहेको अवस्थामा जननेतथा भण्डारी र कुशल संगठक अआश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यम तवर जीज दुर्घटना निधन भयो । जननेता भण्डारी र कुशल संगठक आश्रितको निधनले राष्ट्रले देशभक्त र दूरदर्शी नेता गुमायो । तर उहाँहरुले छोटो अवधिमा मुलुक र पार्टीको लागि गरगर्नुभएको योगदान भने अविस्मरणीय छ । त्यही कारण भण्डारीमा जनजनको मनमा बस्न सफल हुनुभएको छ । आश्रितप्रति पनि देशवासीको श्रद्धा छ ।  

राजनीति अटिल अवस्थामा पुग्दा नेता तथा कार्यकर्ताले जनतेता भण्डारीलाई सम्झन्छन् ।  हरेक जेठ ३ गते स्मृति दिवसमा बिशेष सम्झना गर्दै उहाँहरूको योगदानबारे चर्चा हुने गर्छ । आज ३० औँ स्मृति दिवसमा पनि कम्युनिष्ट नेता तथा कार्यकर्ताले मदनआश्रितको सम्झना गरेका छन् । मदन—आश्रितप्रति अन्य पार्टीका नेता तथा कार्यकर्ताले पनि श्रद्धासुमन व्यक्त गरेका छन् । राजनीतिमा जबजलाई मूल  सिद्धान्त मान्दै आएको  नेकपा एमालेले  ३० औँ मदनआश्रित स्मृति दिवसमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । एमालेले मदननगर बल्खुमा बिशेष कार्यक्रम आयोजना  गरेको छ । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले मदनआश्रितको शालिकामा माल्र्यापण गर्ने कार्यक्रम छ । 

राजनीतिमा सिद्धान्त उही भएपछि नेतृत्वबीचको मनमुटावको कारण एमालेबाट अलगिएर बनेको नेकपा एकीकृत समाजवादीले पनि ३० औँ मदनआश्रित स्मृति दिवसमा विशेष कार्यक्रम गरेको छ  । एकीकृत समाजवादीले केन्द्रीय कार्यालय अलोकनगरमा अध्यक्ष माधवकुमार नेपालसहित नेताको उपस्थितिमा श्रद्धाञ्जलीसभा लगायतका कार्यक्रम आयोजना गरेको छ । 


ताजा समाचार