Logo

मुकेश कायस्थ राष्ट्रिय शहीद घोषणा


Nagarik Abaj २ जेष्ठ २०८०, मंगलवार २२:०२ मा प्रकाशित

काठमाडौं। सरकारले मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको छ । जिउँदो शहीद भनेर चिनिएका कायस्थलाई मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय शहीद घोषणा गरेको हो । 

दोस्रो जनआन्दोलनमा गोली लागेर जिउँदो शहीदको रुपमा चिनिएका कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभएको छ । 

काभ्रेका कायस्थलाई २०६२, ०६३ को दोस्रो जनआन्दोलन कन्चटमा सुरक्षाकर्मीको गोली लागेको थियो । १४ वर्षको उमेरमा लागेर लामो अचेत रहेका कायस्थकाे केही वर्ष अघि भने स्वास्थ्य सुधार भई ओछ्यानमै रहेता पनि ‘आमा भन्न सक्ने भएका थिए । तर पछि फेरि अचेत अवस्थामा पुगेका कायस्थकाे ३२ वर्षको उमेर गत साता निधन भएको हो । 

लामो समय जिउँदो शहीदको रुपमा रहेका कायस्थलाई सरकारले निधन पश्चात राष्ट्रिय शहीद घोषणा गरेको हो । 


ताजा समाचार