Logo

रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति


Nagarik Abaj १ जेष्ठ २०८०, सोमबार २१:२० मा प्रकाशित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

गत वैशाख २० गते पक्राउ पुर्जी जारी भएका रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको थियो ।


ताजा समाचार