Logo

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडलाई पार्टीबाट निलम्बन गर्न माग


Nagarik Abaj ३१ बैशाख २०८०, आईतवार १६:२३ मा प्रकाशित

काठमाडौं ।  भूटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडलाई पार्टीबाट निलम्बन गर्न माग गर्दै प्रदर्शन भएको छ । 

कांग्रेसको केन्द्रीय सदस्य खाँडलाई पार्टीबाट निलम्बन माग गर्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले आइतबार काठमाडौंमा प्रदर्शन गरेका हुन् । 

खाँडलाई निलम्बनज गर्ने कि नगर्ने भन्नेबारे कांग्रेसमा अन्योल भइरहेको छ । खाँडबारे पार्टीले निर्णय लिन नसकिरहेको बेला त्रिचन्द्र क्याम्पसमा नेविसंघले निलम्बन माग्दै प्रदर्शन गरेको हो ।  विद्यार्थीहरुले ‘सभापति ज्यू खाँणलाई किन निलम्बन नगरेको ? लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका छन । 

विद्यार्थीहरुले नाता र नेता नहेरी भ्रष्टाचारीलाई कठघरामा उभ्याउन माग गरेका छन् । नेविसंघको झण्डासहित प्रतिकात्मक रुपमा कागजको हत्कडी र कैदीबन्दीले लगाउने पोशाक समेत प्रदर्शन गरेका छन् ।


ताजा समाचार