
काठमाडौं । पूर्वमन्त्री सञ्जय गौतम भत्किएको पुलमुनि आमरण अनशन बस्नुभएको छ । सत्तारुढ नेपाली कांग्रेसका सांसद समेत रहनुभएका गौतम जब्दीघाटको भत्किएको पुल बताउनसहित विभिन्न १५ बुँदै माग राख्दै अनशनमा बस्नुभएको हो ।
अघिल्लो निर्वाचनमा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमलाई समेत हराउनुभएका गौतम बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।
सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल बनेर उदघाटन नहुँदै २०७४ साउनअन्तिम साता भत्किएको हो । पुल पप्पु कन्स्ट्रक्सनले बनाएको पुल उदघाटन नहुँदै भत्किएको हो।
भत्किएको पुल बनाउन तथा पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न विभिन पटक प्रधानमन्त्री कार्यालय र पूर्वाधार मन्त्रालय धाएर माग गर्दा सुनुवाइ नभएपछि सांसद गौतम त्यही भत्किएको पुल मुनि पाल टाँगेर आमरण अनसन बस्नुभएको हो