Logo

शरणार्थी प्रकरणमा निष्पक्ष छानविन र दोषीलाई कारबाही हुनपुर्छ: अध्यक्ष नेपाल


Nagarik Abaj ३१ बैशाख २०८०, आईतवार ०८:४३ मा प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको ठगी प्रकरण निष्पक्ष रुपमा छानविन र दोषीलाई कारबाही हुनपुर्ने बताउनुभएको छ । 

पूर्वप्रधानमन्त्री नेपालले शरणार्थी प्रकरणमा प्रहरीले गर्ने छानविनलाई सरकारले हस्तक्षेप गर्न खोजेमा त्यसमा एकीकृत समाजवादीको आपत्ति रहने धारणा व्यक्त गर्नुभएको छ । 

अध्यक्ष नेपालले एकीकृत समाजवादीको उपत्यका सम्पर्क विशेष प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा शरणार्थी प्रकरण सङ्गठित र राज्यविरुद्धको अपराध भन्दै यसप्रति सरकार संवेदनशील हुनुपर्ने बताउनुभयो ।प्रकरणका दोषीलाई कसैले पनि ढाकछोप गर्न नहुने उहाँको भनाई छ ।

अध्यक्ष नेपालले यसमा कसैले ढाकछोप गर्न खोजे त्यो एकीकृत समाजवादीलाई असैह्य हुने टिप्पणी गर्नुभयो ।  पूर्वप्रधानमन्त्री नेपालले कानुन सबैलाई समान हुने भन्दै प्रकरणमा दोषी ठहरिए उच्च ओहोदामा रहेका व्यक्तिलाई उन्मुक्ति दिन नहुने धारणा व्यक्त गर्नुभयो । प्रकरणमा मुछिएर कम्युनिष्ट  नेता नै  देशद्रोही काममा संलग्न हुनु दुःखदायी भएको उहाँको भनाई छ । 

अध्यक्ष नेपालले माओवादी र कांग्रेसका कतिपय व्यवहारबाट आफू सन्तुष्ट नरहेको समेत सुनाउनुभयो आफू अहिले पनि नेकपा ब्युँत्याउने उद्देश्यले साना छरिएका कम्युनिष्ट शक्तिलाई एकतावद्ध बनाउन सक्रिय भइरहेको उहाँको भनाई छ । 


ताजा समाचार