Logo

शरणार्थी प्रकरणमा निष्पक्ष छानविन हुनेमा निष्पक्ष भट्टराईको आशंका


Nagarik Abaj ३० बैशाख २०८०, शनिबार २१:४१ मा प्रकाशित

काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरण छानविन निष्पक्ष हुनेमा आशंका उत्पन्न भएको बताउनुभएको छ ।

पूर्व प्रधानमन्त्री  भट्टराईले  शनिबार भएको भ्रष्टाचारविरुद्ध नागरिक प्रदर्शनमा यस्तो शंका गर्नुभएको हो । ‘बहुमतको सरकार छैन, शरणार्थी प्रकरण छानविन निष्पक्ष नहुन सक्छ’ उहाँले भन्नुभयो 

आन्दोलनमा सहभागी हुन पुग्नुभएका पूर्वप्रधानमन्त्री डा. भट्टराईप्रति नागरिक खुशी देखिएनन् । उनीहरुले यस्ता गतिविधिमा डा. भट्टराई र उहाँकी धर्मपत्नी एवं पूर्वमन्त्री हिसिला यमीको पनि संलग्नता रहेको भन्दै विरोध समेत जनाएका थिए । प्रदर्शनमा वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले भूटानी शरणार्थी प्रकरणको सत्यतथ्य छानविन गर्न सरकारले खुट्टा कमाउनु नहुने बताउनुभयो । उहाँले भ्रष्टाचारको विस्तृत छानबिन हुनुपर्ने र निष्पक्ष रुपमा छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनु भयो । उहाँले सरकारले शीर्ष नेताहरुको पनि छानविन गर्नुपर्ने र छानबिनमा दोषी ठहरिए कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले ठूला नेताहरु भ्रष्ट नभइकन साना तहका नेताहरुले भ्रष्टाचार गर्न हिम्मत नगर्ने बताउनु भयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टी भ्रष्टाचार गर्ने भाग नपुगेका कारण अहिलेको भूटानी शरणार्थी प्रकरण बाहिर ल्याएको तर कोही पनि पार्टी भ्रष्टाचार गर्नबाट ओभानो नरहेको स्पष्ट पार्नुभयो । भूटानी शरणार्थी प्रकरणलाई भित्रभित्रै मिलाउन खोजिएको भन्दै नागरिकहरुले बिरोध गर्दै आइरहेका छन् ।


ताजा समाचार