Logo

खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गरिने


Nagarik Abaj २८ बैशाख २०८०, बिहीबार २२:०३ मा प्रकाशित

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गर्ने तयारी गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मन्त्री स्तरीय निर्णय गर्दै प्रचलित कानून बमोजिम सरुवा, पदस्थापन, काजमा खटाइएका र काज फिर्ता गरिएका निकाय तथा कार्यालयमा रमाना भई जानुपर्नेमा अहिलेसम्म पनि रमाना नलिएको भन्दै कारबाही गर्ने तयारी गर्नुभएकाे हाे ।

कर्मचारीले रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै मन्त्रालयले कर्मचारीलाई निजामती सेवा नियमावली, २०५० सालको नियम ४० बमोजिम रमाना दिएर पठाउन विभिन्न मन्त्रालय, आयोग, सचिवालय, कार्यालय र सबै प्रदेश तथा स्थानीय तहलाई परिपत्र गरेको छ ।

मन्त्रालयको परिपत्रमा सरुवा, पदस्थापन, काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीको सम्बन्धमा रमाना लिने अवधि गुज्रिए पश्चात साविकका निकाय र कार्यालयबाट उनीहरूको बिदा स्वीकृत नगर्न र नगराउने भनिएको छ ।


ताजा समाचार