Logo

शरणार्थी प्रकरणमा प्रहरीले थालेको अनुन्धानमा सहयोग गर्ने एमालेको निर्णय


Nagarik Abaj २६ बैशाख २०८०, मंगलवार २१:२३ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भुटानी शरणाथी बनाएर अमेरिका पठाउन गरिएको ठगी प्रकरणमा प्रहरीले थालेको अनुन्धानमा सहयोग गर्ने भएको छ । एमालेको मंगलबार बसेको सचिवालय बैठकले ठगी प्रकरण अनुसन्धानमा सहयोग गर्ने निर्णय गरेको छ । 

एमाले प्रवक्ता पृथ्वीसुब्बा गुरुङले शरणार्थी प्रकरण अनुसन्धानमा सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभएको छ । प्रवक्ता गुरुङले ‘एमाले विधिको शासन मान्ने पार्टी भएको र विधिपूर्वक गरिने अनुसन्धानमा सघाउनुपर्ने’ बैठकको निश्कर्ष रहेको बताउनुभयो । 

प्रवक्ता गुरुङका अनुसार बैठकमा सहभागी नेताहरुले शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धान र कारबाही निष्पक्ष हुनुपर्नेमा समेत जोड दिनुभएको छ ।  भुटानी शरणार्थीमा पू्र्व उपप्रधाममन्त्री तथा पार्टी सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी भएपछि यसमा अब के हुन्छ?  भनेर नेताहरुले  अध्यक्ष केपी शर्मा ओली समक्ष प्रश्न समेत राखेका थिए । अध्यक्ष ओलीले शरणार्थी दोषी कोही नउम्किने र निर्दोष कोही नपर्ने वातावरण बनाउन एमाले लाग्ने  बताउनुभएको प्रवक्ता गुरुङले बताउनुभयो ।  रायमाझीलाई कारबाही गर्ने विषयमा भने छलफल नभएको उहाँको भनाई छ ।


ताजा समाचार