Logo

पार्टी नीति विपरीत नबोल्न एकीकृत समाजवादीको निर्देशन


Nagarik Abaj २४ बैशाख २०८०, आईतवार २०:४३ मा प्रकाशित

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले आफ्ना नेता तथा कार्यकर्तालाई पार्टी र नेतृत्वबारे जथाभावी नबोल्न र नलेख्न सचेत गराएको छ । 

एकीकृत समाजवादीले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पार्टी नीति विपरीत नबोल्न नेता तथा कार्यकर्तालाई सचेत गराएको हो ।  दोस्रो तह भन्दा तल्लो तप्काका नेताहरुले विभिन्न संचार माध्यममा पार्टीको सिद्धान्त र निर्णय विपरीत समेत हुने आफ्नै ढंगले बोल्ने र कार्यकर्ताले सामाजिक सञ्जाल जथाभावी लेख्नेक्रम बढेपछि एकीकृत समाजवादीको  केन्द्रीय अनुशासन आयोगले त्यसबारे सचेत गराएको हो । 

एकीकृत समाजवादीको अनुशासन आयोगका अध्यक्ष डा. शिवबहादुर देउजाले आइतबार विज्ञप्ति जारी गरी महत्वपूर्ण जिम्मेवारीमा रहेका केही नेताहरुले पार्टीको सिद्धान्त, आचरण र विधानको विपरीत हुनेगरी सञ्चार माध्यम र सामाजिक सञ्जालमा अभिव्यक्ति नदिन आग्रह गर्नुभएको छ । विज्ञप्तिमा नेता तथा कार्यकर्तालाई पार्टी विधान विपरीत गतिविधि नगर्न चेतावनी समेत दिइएको छ । 

‘यसलाई गम्भीरतापूर्वक नलिई पार्टी विधान विपरीत आफ्ना अभिव्यक्ति र क्रियाकलापहरू कसैले पनि गर्न पाइने छैन’ विज्ञप्तिमा भनिएको छ, ‘यसलाई अटेर र बेवास्ता गर्ने प्रवृत्तिले पार्टी नै कमजोर हुने हँदा आगामी दिनहरूमा आफ्ना कमी कमजोरीहरूलाई सुर्धानका लागि सचेत गराइन्छ ।’


ताजा समाचार