
काठमाडौं । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले नेपालीलाई नक्कली भुटानी शरणार्थीलाई बनाएर विदेश पठाउने कार्यमा आफ्नो संलग्न नभएको दाबी गर्नुभएको छ ।
भुटानी शरणार्थी प्रकरण छानविन गरिरहेका अधिकारीहरुले यसमा पूर्व गृहमन्त्री खाण समेत तानिने बताएका छन् । शरणार्थी प्रकरणमा खाण पनि तानिने समाचार प्रकाशित भएपछि उहाँले त्यस्तो दाबी गर्नुभएको हो ।
पूर्वमन्त्री खाणले शनिबार विज्ञप्ति जारी गर्दै आफूविरुद्ध प्रकाशित समाचार तथ्यहीन भएको बताउनुभएको छ ।
‘आधारहिन, तथ्यहिन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार संप्रेशित नगरी दिनुहुन अनुरोध छ,’ उहाँको विज्ञप्तिमा उल्लेख गरिएको छ ।