Logo

सिम्रिक एयरको हेलिकप्टर  दुर्घटनामा घाइते भएका मध्ये एक जनाको मृत्यु


Nagarik Abaj २२ बैशाख २०८०, शुक्रबार २२:१२ मा प्रकाशित

काठमाडौं ।  सिम्रिक एयरको हेलिकप्टर  दुर्घटनामा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका संखुवासभा भोटखोलाका स्थानीय भविन गुरुङको मृत्यु भएको हो । 

गुरुङकाे उपचारका लागि काठमाडौं ल्याउने क्रममा आकाशमै मृत्युभएको हो । काठमाडौंको लागि उडेको हेलिकोप्टर गुरुङको मृत्यु भएपछि पुनः संखुवासभामै अवतरण गराइएको थियो । त्यसपछि मृतक गुरुङलाई संखुवासभा छोडेर अन्य घाइतेलाई काठमाडौं ल्याइएको हो । मृतक गुरुङ हेलिकप्टरमा सहयोगीका रुपमा कार्यरत थिए । 

दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर घाइते भएका छन् । चारै जनालाई उपचारको लागि काठमाडौं ल्याइएको छ । 

चारै जनाको ललिपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । त्यस मध्ये २ जनाको  अवस्था गम्भीर रहेकाे प्रहरीले जानकारी दिएकाे छ । प्रहरीका अनुसार क्याप्टेन पौडेलको टाउकोमा गम्भीर चोट लागेको छ । 


ताजा समाचार