Logo

चट्याङ लागेर एक जनाको मृत्यु


Nagarik Abaj २१ बैशाख २०८०, बिहीबार ०८:५७ मा प्रकाशित

काठमाडौं । मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–६ मातातीर्थमा बुधबार चट्याङ लागेर मकवापुर भीमफेदी घर भई काठमाडौँ बस्दै आएका ३५ वर्षीय राजु तामाङको मृत्यु भएको हो ।

मातातीर्थमा निर्माणाधीन घरमा काम गरिरहेका बेलामा कौसीमा चट्याङ लागेपछि गम्भीर घाइते हुनुभएका तामाङको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

मृतक तामाङले लामो समयदेखि मिस्त्री काम गर्दै आएका थिए । तामाङको शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रवक्ता रिजालले बताउनुभयो । 


ताजा समाचार