Logo

लगातारको वर्षाले उच्च पहाडी भेगमा बेमौसमी हिमपात


Nagarik Abaj २० बैशाख २०८०, बुधबार १०:१५ मा प्रकाशित

काठमाडौं । केही दिन यता भएको लगातारको वर्षाले उच्च पहाडी भेगमा बेमौसमी हिमपात भएको छ । पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्मका उच्च पहाडी भेगमा ब्यापक हिमपात भएको हो ।

बेमौसमी हिमपातले वैशाखमा पनि चिसो बढेको छ भने स्थानीय किसानहरु ढिलै भए पनि हिउँ परेको भन्दै खुशी भएका छन् । ताप्लेजुङका फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा नं ७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाका हिमाली बस्तीमा ब्यापक हिउँ परेको स्थानीयले बताएका छन् ।

घुन्सा र ओलाङ्चुङगोला क्षेत्रमा मंगलबार राति ब्यापक हिमपात भएको स्थानीयहरुले बताएका छन् । ती क्षेत्रमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ । यस्तै, तेह्रथुमको तीनजुरे, मिल्के जलजले क्षेत्रमा पनि हिमपात भएको छ भने संखुवासभाका पापुङ, सिदिङ्वा क्षेत्रमा पनि ब्यापक हिमपात भएको छ । गएको हिउँदमा खासै हिउँ नपर्दा निराश भएका किसानहरु ढिलै भए पनि हिउँ परेको भन्दै खुशी भएका छन् ।

त्यस्तै, सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा, डडेल्धुरालगायतका जिल्लाका उच्च पहाडी क्षेत्रमा पनि ब्यापक हिमपात भएको खबर छ । नेपालमा मात्र नभई भारतको पहाडी भेगमा ब्यापक हिमपात भएको खबर छ । हिमपातपछि भारत सरकारले केदारनाथ यात्रा रोकेको छ ।


ताजा समाचार