Logo

एसीसी प्रिमियर कप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी बने सन्दीप


Nagarik Abaj १९ बैशाख २०८०, मंगलवार १४:३७ मा प्रकाशित

काठमाडौं । सन्दीप लामिछाने एसीसी प्रिमियर कप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । आज सम्पन्न प्रतियोगितामा लामिछाने सर्वाधिक विकेट लिनेमा उनी दोस्रो खेलाडी हुन्  । उनले ५ खेलमा १३ विकेट लिन सफल भएका हुन । 

सर्वोत्कृष्ट बलरको उपाधि भने ओमानका बिलाल खानले पाएका छन् । खानले सर्वाधिक १७ विकेट लिन सफल भएका थिए ।

यसै गरी, सर्वोत्कृष्ट ब्याट्सम्यानको उपाधि युएईका भृत्य अरविन्दलाई दिइएको छ । प्रतियोगितामा दुई वटा १५० माथिको स्कोरसहित सर्वाधिक रन बनाएर रेकर्ड कायम गरेका छन् ।


ताजा समाचार