
धादिङ । पुल छेउमा सडक भासिदा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोला पुल छेउमा सडक भासिएको हो ।
धुनिबेशी नगरपालिका ६ धार्केतर्फ गणेश खोला पुल छेउमा ठूलो भ्वाङ परेपछि राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध बनेपछि सवारी आवागमन ठप्प भएको प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभएको छ ।
‘अहिले दुवैतर्फ सवारी बन्द छ’, उहाँले भन्नुभयो– ‘‘नगरपालिका र गाउँपालिका सहित सडक सञ्चाल गर्न र वैकल्पिक बाटो खोज्न लागिरहेका छौं ।’
प्रहरी उपरीक्षक मिश्रका अनुसार भासिएको ठाउँ नआइसकेका सवारी साधन भने चितवन र नुवाकोट भएर जान मिल्ने अवस्था छ । पुल नजिकै आइसकेका साना सवारीलाई वैकल्पिक बाटोबाट पास गराउने प्रयास भइरहेको छ ।