
सबिना ज्ञवाली/काठमाडौं। मंसिरको निर्वाचनपछि राजनीतिमा चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ) ले सभापति रवि लामिछानेलाई फेरि संसदीय दलको नेता बनाएको छ । रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठकले सभापति लामिछानेलाई पुन: दलको नेता बनाएको हो ।
यसअघि पनि संसदीय दलका नेता रहनुभएका लामिछानेले सांसद पद खारेज भएपछि छोड्नु परेको थियो । लामिछानेको सांसद पद गुमेपछि रास्वपाले पूर्वमन्त्री डीपी अर्याललाई संसदीय दलको नेता बनाएको थियो । उपनिर्वाचनमा चितवन २ बाट लामिछाने प्रतिनिधिसभा सदस्यमा पुन विजयी भएपछि अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिनुभएको थियो । अर्यालले लामिछानेको सहजताको लागि दलको नेता छोड्नुभएको हो ।
रास्वपाको केन्द्रीय समिति बैठकले विभिन्न क्षेत्रका ३६ विभाग तय गर्दै त्यसको प्रमुख समेत तोकेको छ । नवनिर्वाचत सांसद डा स्वर्णिम वाग्ले अर्थ नीति विभाग प्रमुख बन्नुभएको छ । रास्वपाले नीति तथा विचार विभाग प्रमुख मुकुल ढकाललाई बनाएको छ । पार्टीमा महत्वपूर्ण मानिने गठन विभाग प्रमुखको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई दिइएको छ ।
काठमाडौं ६ का प्रतिनिधिसभा सदस्य शिशिर खनाललाई अन्तराष्ट्रिय विभाग प्रमुख बनाइएको छ । हरि ढकाललाई भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग प्रमुख ताेकिएकाे छ । सुमना श्रेष्ठलाई शिक्षा विभाग प्रमुख बनाइएको छ । पूर्व राज्यमन्त्री तथा ललितपुर ३ की सांसद डा तोसिमा कार्कीलाई स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख तोकिएको छ ।
अशोक चौधरीलाई कृषि र सहकारी विभाग प्रमुखमा राखिएको छ । मनिष झालाई सार्वजनिक लेखा समीक्षा विभाग प्रमुख बनाएको छ । सार्वजनिक सूचनामार्फत स्वकीयसचिव माग गरेर चर्चामा आउनुभएकी निशा डाँगीलाई पूर्वाधार विकास अनुगमन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । गुनासो व्यवस्थापनको नेतृत्वमा डा चन्दा कार्कीलाई राखिएको छ ।
विभागीय प्रमुखहरु
१, नीति तथा विचार विभाग – डा मुकुल ढकाल
२, प्रशिक्षण विभाग – डा मुकुल ढकाल
३, संगठन विभाग – कविन्द्र बुर्लाकोटी
४, अभियान तथा प्रचारप्रसार विभाग – विपिन आचार्य
५, अन्तराष्ट्रिय सम्बन्ध विभाग – शिशिर खनाल
६, प्रवास नेपाली सम्पर्क विभाग – डोलप्रसाद अर्याल
७, मानवीय विकास प्रवर्द्धन विभा – कुसुम महर्जन
८।केन्द्रीय च्ब्त् संयोजना विभाग – विष्णु कुमार श्रेष्ठ
९, उत्पादन प्रवर्द्धन विभाग – रामकृष्ण भट्टराई
१०, नेतृत्व क्षमता तथा मानव संसाधन विभाग – खुश्बु सरकार श्रेष्ठ
११, जनसम्पर्क विभाग – दिपक बोहोरा
१२, भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग – हरि ढकाल
१३, आर्थिक व्यवस्थापन विभाग – लिमा अधिकारी
१४, गुनासो व्यवस्थापन विभाग – डा चन्दा कार्की
१५, विकास योजना तथा नीति तर्जुमा विभाग – डा अरनिको पाण्डे
१६, तथ्याङ अनुसन्धान तथा अभिलेखीकरण विभाग – मनिष झा
१७, विधेयक मन्थन विभाग – गणेश कार्की
१८, गैरआवासीय नेपाली सम्पर्क विभाग – अर्जुन अधिकारी
१९, कानुन तथा न्याय विभाग – सोविता गौतम
२०, अर्थ नीति विभागडा – डा स्वर्णिम वाग्ले
२१, सार्वजनिक लेखा समीक्षा विभाग – मनिष झा
२२, शिक्षा विभाग– सुमना श्रेष्ठ
२३, स्वास्थ्य तथा जनसंख्या विभाग – डा तोसिमा कार्की
२४, कृषि विभाग– अशोक चौधरी
२५, पर्यटन तथा संस्कृति विभाग– शिशिर खनाल
२६, मुद्रा तथा पूँजी बजार विभाग– विराज भक्त श्रेष्ठ
२७, उद्योग तथा वाणिज्य विभाग– गणेश पराजुली
२८, श्रम तथा उपभोक्ता हित विभाग– असिम शाह
२९, यातायात विभाग– शिव नेपाली
३०, पूर्वाधार विकास अनुगमन विभाग– निशा डाँगी
३१, युवा तथा खेलकुद विभाग – डा थोसिमा कार्की
३२, विज्ञान,सञ्चार तथा सूचना प्रविधि विभाग– सुमना श्रेष्ठ
३३, मानव अधिकार विभाग– सन्तोष परियार
३४, सहकारी विभाग– अशवक चौधरी
३५, वन, वातावरण तथा प्राकृतिक स्रोत विभाग– विनिता कठायत
३६, महिला तथा सामाजिक विकास विभाग– लक्ष्मी तिवारी