Logo

७० कटेकाले राजनीतिबाट सन्यास लिनुपर्छ: अध्यक्ष नेपाल


Nagarik Abaj १५ बैशाख २०८०, शुक्रबार १२:२५ मा प्रकाशित

जनकपुर । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले उपनिर्वाचनको मतपरिणामले मुख्य राजनीतिक दललाई चुनौती दिएको बताउनुभएको छ । 

अध्यक्ष नेपालले शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा यसबारे मुख्य राजनीतिक दललाई आत्मसमीक्षा गर्नुपर्ने बताउनुभयो । 

अध्यक्ष नेपालले उपनिर्वाचनमा प्राप्त भएको परिणामले मुख्य राजनीतिक दललाई चुनौती दिएको र अहिले पनि नसच्चिए आउने दिन सजिलो नहुने धारणा व्यक्त गर्नुभयो । 

‘जनताले अहिले चाहेको पारदर्शिता र  सुशासन हो’ उहाँले भन्नभयो,  सामूहिकता, जनतालाई सहज सेवा, जनताको पीरमर्काको सम्बोधन, राजनीतिमा भएको विकृतिहरूबाट उन्मुक्ति, विकास निर्माणमा गति, क्वालिटी, समयमा काम सम्पन्न गर्नुपर्ने, अन्याय अत्याचार गर्नेहरूमाथि कारबाही गर्न चाहेका छन् ।’ 

राजनीतिमा गुण्डातन्त्र हावी भएको भन्दै अहिले राजनीतिक दलका नेतामाथि गम्भीर प्रश्न उठेको अध्यक्ष नेपालको भनाइ छ।  ‘साधनस्रोतको चरम दुरुपयोगदेखि लिएर बजेटको दुरुपयोग गरेको प्रश्न उठेको छ’ उहाँले भन्नुभयो,  यसलाई नियन्त्रण गर्न सकिए जनताको विश्वास जित्न सकिन्छ।’

अध्यक्ष नेपालले अब ७० वर्ष कटिसकेका नेताहरूले राजनीतिबाट सन्यास लिनुपर्ने बताउनुभयो । आउँदो अधिवेशनबाट आफू पनि राजनीतिबाट सन्यास लिने भन्दै अब युवालाई मौका दिनुपर्नेमा जोड दिनुभयो।


ताजा समाचार