Logo

फरार सांसद उद्योग समितिमा सिफारिस


Nagarik Abaj १५ बैशाख २०८०, शुक्रबार १२:१९ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस भएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद् सचिवालयमा बुझाएको विवरण अनुसार सांसद कोइरी उद्योग समितिमा सिफारिस भएका हुन । उहाँ प्रहरीको फरार सूचीमा रहेका सांसद हुन् । 

मधेस आन्दोलन-२ को क्रममा महोत्तरीमा कार्यरत असई थमन विकको हत्यामा संलग्न भएको भन्दै उहाँलाई सजाय सुनाएपछि  कोइरी ‘फरार’ रहेका छन् । 

बिनासूचना १० पटकसम्म लगातार बैठकमा अनुपस्थित भएमा स्वतः सांसद पद खारेज हुने भए पछि कोइरीले पत्र लेखेर उपस्थित हुन नसकेको जनाएका हुन् । 

कोइरीसमेत रहेको सो समितिमा रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव र मंगलप्रसाद गुप्ता रहेका छन् । 


ताजा समाचार