Logo

नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त


Nagarik Abaj १४ बैशाख २०८०, बिहीबार २०:५४ मा प्रकाशित

बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।  कांग्रेस नेता चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ उपधारा २ अनुसार  बिहीबार साँझ मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।  दाङ ३ (१) का प्रदेशसभा सदस्य चौधरी कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा),  नागरिक उन्मक्तिसहित ८ दलका ५२ र १ स्वतन्त्र  गरी  ५३  सांसदको समर्थनमा मुख्यमन्त्री  बन्नुभएको हो । 

पुस २७ मा मुख्यमन्त्री बन्नुभएका एमालेका लीला गिरी प्रदेशसभामा विश्वास बहुमत नपाएर पदमुक्त भएपछि  चौधरीले अवसर पाउनुभएको हो ।  गिरी पदमुक्त भएपछि  प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गडर्नुभएको थियो । त्यसपछि ८ दलले कांग्रेस नेता चौधरीलाई मुख्यमन्त्रीमा अघि सारेका हुन् ।  


ताजा समाचार