Logo

ओली सहभागी कार्यक्रममा ढुंगामुढा


Nagarik Abaj १३ बैशाख २०८०, बुधबार २२:२१ मा प्रकाशित

झापा। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा ढुंगामुढा भएको छ ।  बुधबार एमाले अध्यक्ष ओली सहभागी बुद्धशान्ति गाउँपालिकास्थित कार्यक्रम नजिकै कोशी प्रदेश नामाकरण विरुद्ध आन्दोलनरत समूह र प्रहरीबीच झडप भएको थियो । प्रहरीसँगको मुठभेडको क्रममा ओली सहभागी कार्यक्रममा समेत ढुंगामुढा  भएको हो । 

झापा प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीका अनुसार आन्दोलनकारी एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने बुद्धशान्ति गाउँपालिकास्थित कार्यक्रमस्थलतर्फ जान खोजेपछि उनीहरुलाई १०० मिटर वरै रोकिएको थियो । त्यसक्रममा ढुंगामुढा भएको हो । कार्यक्रममा आन्दोलनकारीले ढुंगामुढा गरेपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गरेको एसपी  रेग्मीले बताउनुभयो । 

आन्दोलनकारीको ढुगामुढाबाट केही प्रहरी समेत घाइते भएका छन् । इलाका प्रहरी कार्यालय, धुलाबारीका प्रहरी निरीक्षक अनिल माबुहाङ र प्रहरी सहायक हवल्दार सुदिन राजवंशी घाइते भएको सुरक्षास्रोतले जनाएको छ । 

एमालेले भने सत्ता पक्षको घुसपैठमा अध्यक्ष ओली सहभागी कार्यक्रममा ढुंगामुढा गरिएको बताएको छ ।  एमाले सांसदहरुले बुधबार प्रतिनिधिसभाको बैठकमा घटनाप्रति आपत्ति जनाएका छन् । 

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत एमाले अध्यक्ष ओली  सहभागी कार्यक्रममा कालोझण्डा प्रदर्शन र ढुंगामुढा प्रहार भएको पुष्टि गर्नुभएको छ । गृहमन्त्री श्रेष्ठले कार्यक्रममा ढुंगामुढा गर्नेहरु पक्राउ परिसकेको बताउनुभएको छ । 


ताजा समाचार