Logo

फराकिलो अन्तरसहित अघि लाग्दै रवि लामिछाने


Nagarik Abaj ११ बैशाख २०८०, सोमबार १८:१४ मा प्रकाशित

चितवन  । प्रतिनिधिसभाको उपनिर्वाचनमा शुरुवाती गणनामा पछाडि पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अहिले भने माथि उक्लिनुभएको छ । 

निर्वाचन आयोगले सार्वजनिक  गरेको पछिल्लो परिणाम अनुसार लामिछानेले २ हजार ३ सय ३२ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका रामप्रसाद न्यौपानेले १ हजार ४ सय २७ मत पाउनु भएको छ । 

प्रारम्भिक गणनामा लामिछानेलाई न्यौपानेले ४८ मतले उछिन्नुभएको थियो ।  अहिले भने लामिछानेले न्यौपानेसँग फराकिलो अन्तर बनाउनुभएको छ । तर अहिले भन्ने छामिछानेले न्यौपानेलाई ९ सय ५ मतले पडाडि पार्नुभएको हो ।

आयोगका अनुसार सत्ता गठबन्धनका सझा उम्मेददवार नेपाली कांग्रेसका जितनाराण श्रेष्ठले १ हजार ३२ मत पाउनुभएको छ ।  आयोगका अनुसार चितवन २ मा इच्छामनकामना गाउँपालिकाको वडा नम्बर १, २ र ३ को मतगणना सकिएको छ । 


ताजा समाचार