Logo

भारी मतान्तरले वाग्लेको अग्रता


Nagarik Abaj ११ बैशाख २०८०, सोमबार १५:१३ मा प्रकाशित

तनहुँ । प्रतिनिधिसभा सदस्यको लागि भएको उपनिर्वाचन तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)  उम्मेदवार डा. स्वर्णिम वाग्लेले गनेको सदर मतको आधा हिस्सा भन्दा बढी प्राप्त गर्दै अग्रता लिइरहनु भएको छ । 

मतगणनाको पछिल्लो पछिल्लो परिणाम अनुसार वाग्लेले वाग्लेले १३ हजार ७ सय ४९ मत प्राप्त गर्नुभएको छ ।  नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ८ हजार २६ पाउनुभएको छ। 

सत्ता गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई वाग्लेले ५ हजार ६ सय ८६ मत अन्तरले पछाडि पार्नुभएको छ ।  एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार ३ सय ९५ मत ल्याउनुभएको छ । राप्रपाकी शोभा गुरुङले ५५  मत पाउनुभएको छ । 


ताजा समाचार