Logo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त


Nagarik Abaj ११ बैशाख २०८०, सोमबार १५:१२ मा प्रकाशित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त हुनुभएको छ । मुख्यमन्त्री गिरीले प्रदेशसभाम विश्वासको मत लिँदा बहुमत पुर्याउन नसकेपछि पदमुक्त हुनुपरेको हो । 
 
मुख्यमन्त्री गिरीले  प्रदेशसभाको सोमवार बिहान ११ बजे बसेको बैठकामान विश्वासको मत माग्नु भएको थियो ।   ८७ सांसद रहेको लुम्बिनी प्रदेशमा बहुमतको लागि ४४ सांसदको समर्थन चाहिन्छ ।  तर मुख्यमन्त्री गिरीको पक्षमा ३३ मत मात्र खसेको छ ।  मुख्यमन्त्री गिरीलाई  एमालेका २९ र राप्रपाका ४ प्रदेशसभा सदस्यको मत मात्र दिए । 

मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी  केन्द्र र एकजना स्वतन्त्र लगायत सांसदले विपक्षमा मत दिएका छन् ।

प्रदेशसभाबाट विश्वासको मत गुमाए पनि मुख्यमन्त्री गिरीले ठूलो दलको हिसाबले संविधानको धारा १६८ ९३० बमोजिम सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गर्नुभएको छ । 

माओवादी लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले प्रदेशसभामा दोस्रो पटक विश्वासको मत लिनु परेको हो । सरकारलाई साथ दिएको दलले समर्थन फिर्ता लिएपछि त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने  संवैधानिक प्रावधान छ । मुख्यमन्त्री गिरीले त्यही प्रावधानज व्यवस्था अनुसार विश्वासको मत लिनु परेको हो । 

सत्तारुढ दलहले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ५३ जना सांसदले लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए । 


ताजा समाचार